• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कोरोना प्रभाव - प्रियिमर लिग सहित ईङलिस फुटबल बन्द

  • फाल्गुन ३०, २०७६
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी । कोरोना भाईरसको प्रभाव ईङलिस फुटबल समेत प्रभावित बनेको छ । प्रिमियर लिगले शीर्ष डिभिजनको ईङ्लिस क्लब फुटबल कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

प्रिमियर लिगका सबै खेल, ईएफएल च्याम्पियनसिपको खेल र तालिका, वुमन सुपर लिग र वुमन च्याम्पियनसिप कम्तिमा एक महिनाका लागि स्थगित गरिएको हो । परिस्थिती र चिकित्सकको सल्लाहाका आधारमा अप्रिल ४ सम्मका लागि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ ।

ईङ्लिस फुटबल संघले मार्च २७ मा डेनमार्कबिरुद्व हुने खेल समेत बन्द गर्ने जनाएको छ । युरोपभरीनै फुटबल गतिविधि बन्द गर्ने निर्णयसंगै प्रिमियर लिग समेत बन्द हुने भएको हो ।

बिहिबार आर्सनलका प्रशिक्षक मिकेल अर्टिटा र चेल्सी फरवार्ड कालुम हुडसन ओडोईलाई कोरोनाका संक्रमण देखिएको थियो । यस्तै एभर्टन टिमका खेलाडीमा समेत संक्रमणको लक्षण देखिएको छ ।

प्रिमियर लिगका कार्यकारी अधिकृतले भनेका छन्, यस अप्रिय स्थितीमा हामी आफ्ना क्लब, सरकार, एफए र ईएफएलका संग मिलेर काम गरिरहेका छौ । हामी आश्वस्त गर्न चाहन्छौ कि खेलाडी, कर्मचारी र समर्थकका स्वास्थ्य हाम्रो प्राथमिकता हो ।

यस हप्ता आर्सनल सहित, चेल्सी, लेस्टर सिटी, वर्नेमाउथ, म्यान्चेष्टर सिटी, युभेन्ट्स र रियल मड्रिडका खेलाडी छुट्टै उपचार प्रक्रियामा सामेल भएका छन् ।

कोरोना भाईरसका कारण बेलायतमा हालसम्म १० जनाको ज्यान गएको छ भने ५ सय ९६ मा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved