• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन वेपत्ता

  • चैत्र ५, २०७६
  • सोलुखुम्बु समाचार
alt

नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक जना भरिया बेपत्ता भएको बुधबार जानकारी दिएको छ ।

टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीका अनुसार नेदरल्याण्डको दूतावासबाट अन्नपूर्ण क्षेत्रमा आफ्ना दुई नागरिकसहित तीन जना हराइरहेको र खोजी गरिदिन अनुरोधसहित टानलाई इमेल लेखेको थियो ।

 

टानका अनुसार पासपोर्ट नं ‘एनपीआरडीके६९०३’ वाहक मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोकेन हराइरहेका छन् । उनीहरुको साथमा एक नेपाली भरिया रहेको उल्लेख छ । तर, उनको नाम भने सार्वजनिक गरिएको छैन ।

९ मार्चबाट उनीहरु जगत, थोराङ ला पास हुँदै जोमसोम जान हिँडेका थिए । उनीहरु अन्तिम पटक १६ मार्चमा हृवाट्स एप र इन्स्टाग्राममार्फत सम्पर्कमा आएका थिए । त्यसपछि भने हराइरहेका छन् ।

नेदरल्याण्डका सिनियर कन्सुलर अफिसर कारी क्यूलेनेरले टानलाई आफ्ना सदस्य कम्पनी तथा सहयागी कर्मचारीमार्फत वेपत्ता नागरिकको खोजी गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved