• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

फिफा वरियतामा नेपालकाे स्थान यथावत्

  • चैत्र २७, २०७६
  • सोलुखुम्बु समाचार
alt

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved