• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

विदेशीलाई भिसा नदिने अमेरिकी घोषणा : हजारौँ नेपाली प्रभावित हुनसक्ने

  • बैशाख ९, २०७७
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकाले इमिग्रेसन रोक्ने ठूलो फैसला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यस्तो आदेश घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा अब आउँदो आदेशसम्म आप्रवासीलाई भिसा दिइने छैन । बसेका व्यक्तिले पनि समस्या भोग्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण समस्यामा आएको अर्थव्यवस्था र स्वास्थ्य समस्या समाधानका लागि भन्दै ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् ।

ट्रम्पले ट्वीमा भनेका छन्, 'अदृश्य दुश्मनको आक्रमणका कारण जुन अवस्था उत्पन्न भएको छ । उसलाई मध्यनजर गर्दै महान अमेरिकी नागरिकको रोजगारीलाई बचाउनु पर्ने हुन्छ । त्यसैले मैले एक आदेशमा हस्ताक्षर गर्छु, जसले विदेशी व्यक्तिलाई अमेरिका बस्न रोक लाग्नेछ ।'

ट्रम्पको नयाँ आदेशले अर्को व्यवस्था नभएसम्म अमेरिकामा रहेका विदेशीले त्यहाँको नागरिक बन्न पाउने छैनन् । संसारभरबाट मानिसहरु अमेरिकामा रोजगारीका लागि वा बिजनेसका लागि जाने गरेका छन् । त्यहाँ पुगेपछि उनीहरुले नागरिक बन्नका लागि आवेदन दिने गरेका छन् । अब त्यस्ता लाखौँ व्यक्ति प्रभावित हुनेछन् । त्यहाँको नागरिकता नलिएका हजारौँ नेपाली पनि प्रभावित हुने भएका छन् ।

अमेरिकाले कुनै प्रकारको इमिग्रेसनमा रोक लगाएको छ । तर यो रोक अस्थायी हो । पछिल्लो एक महिनामा अमेरिकामा १ करोडले आफ्नो रोजगारी गुमाएपछि बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । त्यसैले ट्रम्पले यो ठूलो कदम उठाएका हुन् ।

सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यसैले पनि उनले आप्रवासीप्रति कठोर कदम चालेको अनुमान गरिएको छ । सुरुमा पनि उनले राष्ट्रवादको नारामा चुनाव जितेका थिए ।

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved