• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेपथ्यले ल्यायो 'मा-यो पिरतीले’ (भिडियो सहित)

  • बैशाख १९, २०७७
  • सोलुखुम्बु समाचार
alt

चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा-यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ । ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेका हुन् । सन् १९९७ मा उनी तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै गर्दा गीत संकलन गरेका थिए । नेपथ्यकै एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा यो गीत पहिलो पटक रेकर्ड गरिएको थियो ।

 

पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क रहन नेपथ्यले यो गीत भिडियो ल्याएको जानकारी दिएको छ ।

भिडियो निर्माण नेपथ्यको व्यवस्थापक समेत रहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेका हुन् । भिडियो अष्ट्रेलियामा छायाँकन गरिएको हो । भिडियोको छायाँंकन अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरिएको बताइएको छ । 

भिडियो

 

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved