• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुमा एक जनाको आरडीटी परिक्षण पोजेटिभ

  • बैशाख २३, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । कोरोना संक्रमणको न्यून जोखिमयुक्त जिल्ला मानिएको सोलुखुम्बुमा एक जनाको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ । लिखुपिके गाउँपालिकाका एक युवकको आरडीटी परीक्षण पोजेटिभ देखिएको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

भोजपुरवाट गत हप्ता लिखुपिके फर्केका युवक लिखुपिके ५ का हुन् । गाउँपालिका प्रवेश गर्नासाथ उनी अरुसँगै क्वारेन्टाइनमा रहेको अध्यक्ष बस्नेतले बताए ।

आरडीटी परीक्षण पोजेटिभ देखिएका युवकको स्वाब परीक्षण प्रक्रियालाई अघि बढाउन जिल्ला सदरमुकाम सल्लेरीवाट टोली लिखुपिके जाने तयारी भएको छ ।

लक डाउनका समयमा सोलुखुम्बुका स्थानीय तहहरुले काठमाण्डौ तथा अन्य क्षेत्रमा समस्यामा परेका हजारौं नागरिकलाई आफ्नो गाउँपालिका तथा नगरपालिकामा भित्र्याएका थिए ।

आरडीटी परीक्षणमा पोजेटिभ देखिएमध्ये पनि कतिपयको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ । आरडटी परीक्षण पोजेटिभ देखिँदैमा आत्तिनुपर्ने अवस्था नहुने चिकित्सकहरुको भनाई छ । 

 

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : राधाकृष ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पू बजारमा “जोरधारा नागेश्वर राधाकृष्ण मन्द ...

चोकर्म (सेतो पोखरी) ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारम ...

ज्ञानेन्द्र शाहीको अ ...

सोलुखुम्बु । सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान नाराका साथ गठित ‘हाम्रो नेपाल, हामी ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved