• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सुकुम्बासी र विपन्न परिवारलाई राहत वितरण

उपमेयर र वडा अध्यक्षको सेवा सुबिधावाट विपन्नलाई राहत

  • बैशाख २५, २०७७
  • सोलुखुम्बु समाचार
alt राहत वितरणका क्रममा माननीय बुद्धिकुमार राजभण्डारी

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको खोरिया र छुल्यामुमा राहत वितरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ पार्टी कमिटीको संयोजनमा सुकुम्बासी र विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कोभिड १९, कोरोना भाईरस संक्रमणलाई लक्षित गरी सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका अति बिपन्न, असहाय, बृद्धबृद्धालाई लक्षित गरी शुरु गरिएको राहत बितरणका क्रममा बिहिबार २१ घर परिवारलाई राहत वितरण गरिएको वडा नं. ६ का अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए । राहत स्वरुप प्रति परिवार ३० के.जी. चामल वितरण गरिएको उनले बताए ।

लक डाउनका कारण समस्यामा परेका बेला राहत प्राप्त गरेपछि स्थानीयले खुशी व्यक्त गरेकाछन् ।

दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउँदै आएकाहरुलाई लक डाउनका कारण समस्या परेपछि सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई र वडा अध्यक्ष श्रेष्ठले आफ्नो सेवा सुबिधावाट विपन्न परिवारलाई राहत वितरण गरिएको नेकपा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ वडा कमिटीका अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिए ।


राहत वितण कार्यक्रममा नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक तथा सोलुखुम्बु प्रदेश ख का सदस्य बुद्धिकुमार राजभण्डारी, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, वडा नम्बर ६ का अध्यक्ष रामकुमार श्रेष्ठ, गैह्र सरकारी संस्था महासंघ सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

khoria 1 khoria 3 22

फोटोहरु/नुतन श्रेष्ठ

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved