• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

मेयर शेर्पाद्वारा तिङलाका १५२ परिवारलाई खाद्यान्न वितरण

  • बैशाख २६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले वडा नं ११ तिङलाका १५२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन लम्बिदै गएपछि मेयर शेर्पाले दैनिकी चलाउन समस्यामा परेका दलित समुदायका १२८ परिवारलाई शुक्रबार (आज) र २४ परिवारलाई बुधबार खाद्यान्न वितरण गरेका हुन् ।

त्यसमध्ये १३२ परिवार दलित समुदायका र ५ परिवार जनजाती समुदायका परिवार छन् । शेर्पाको निजी खर्चमा हरेक परिवारलाई एक बोरा चामल ३० केजी, ४ पोका नुन, एक लिटर तेल वितरण गरिएको हो ।


विपदको समयमा आफूले सकेको सहयोग गर्नु आफ्नो दायित्व भएको मेयर शेर्पाले बताए । लौरेश्वर दलित यूवा समाजका अध्यक्ष नीर कुमार नेपालीको समन्वयमा खाद्यान्न पाएपछि दलित समुदायका विपन्न परिवारका सदस्यहरुले खुसी व्यक्त गरेका छन् । - हिमाल एफएमवाट

फोटो 

Comments

 

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved