• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

शिखरको 'कोही बोल्दैनन् सिमा मिच्दा’ बजारमा (भिडियो सहित)

  • जेठ १, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु  नेपाल–भारत सिमा विवाद उत्कर्षमा पुगिरहेको समयमा गीतकार शिखर गजरकोटेको प्रगतीशिल गीत ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बजारमा सार्वजनिक गरिएको छ । गजरकोटेको शब्द र भाकामा तयार भएको गीतमा लोकप्रिय गायक बद्रि पंगेनीले स्वर दिएका छन् ।

अझैनी,गणतन्त्र आको छैन् है, शहिदको सपना, मुस्ताङमा स्याउ कुहियो, लाउ चेली सिन्दुर लाउँ, खै त नेताज्यू जस्ता जनप्रिय गीत गाएका पंगेनीले यो पटक गजरकोटेको सृजनामा देशको लागि गीत गाएका छन् ।

गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिर्वतन भएपनि जनताको अवस्थामा सुधार नआएको कुरा र जनचाहना बमोजिम काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।

सागर विरहीको संगीत संयोजन रहेको प्रगतीशील गीतको भिडियोमा बद्रि पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन् । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।

गजरकोटे हिमाल एफ एमका स्टेशन म्यानेजर हुन् भने उनले पानी मिठो यारी खोलाको, बार लाउ है मायाले, तनहूँ गजरकोट, यत्ति कुरा, तरुनी, घर ज्वाँइ, पुर्वेली कान्छी लगायतका दर्जनौ पुर्वेली पश्चिमेली गीत सृजना गरिसकेका छन् ।

 

गीतको पुरा भाग :

ध्यान दिएर सुन नेता ज्यू, जनताले के भनेका छन्
त्यहि काम छिटो गर नेता ज्यू, जनताले जे भनेका छन्

कोही बोल्दैनन् सिमा मिच्दा
कस्तो हुन्छ घाँटी थिच्दा
नगरिदेऊ बोलेजस्तो
बोल्दा मुटु पोलेजस्तो
ध्यान दिएर सुन नेता ज्यू ….

फेरिएको छ व्यवस्था
जनताको उहि अवस्था
हुनेखाने चुस्दै गए
हुदाखानी उस्तै रहे
ध्यान दिएर सुन नेता ज्यू ….

जनताले चाहेको के
जनताले पाएको के
सुख, शान्ति, विकास चाहे
बन्द, हड्ताल, द्घन्द्घ पाए
ध्यान दिएर सुन नेता ज्यू ….

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved