• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

चिवाङ्ग गुम्बातर्फ जाने सडक अनुगमन - स्तरोन्नति कार्य प्रशंसनीय

  • जेठ ६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । प्रदेश सांसद एवं नेकपा प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको सडक स्तरोन्नतिको कार्य प्रशंसनिय भएको बताएका छन् । मंगलबार सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ मा अवस्थित चिवाङ्ग गुम्बातर्फ जाने सडकको अनुगमनका क्रममा सांसद राजभण्डारीले प्रदेश निर्वाचन क्षेत्र बिषेश कार्यक्रम अन्तरगत बिनियोजित १० लाख रुपैंयाबाट सडक स्तरोन्नति स्टमेट भन्दा उत्कृष्ट भएको बताए ।

सडक स्तरोन्नतिमा उपभोक्ता समितिको कार्य राम्रो भएको भन्दै उनले सडकलाई आगामी आर्थिक बर्षमा समेत बजेट बिनियोजित गर्ने प्रतिबद्धता जनाए । सांसद राजभण्डारीले करिब ३ किलोमिटर लम्बाई रहेको सो सडकलाई हिउँद र बर्षा दुवै याममा सञ्चालन गर्न सकिने बनाउन बजेट बिनियोजन गर्न प्रयास गर्ने बताए ।


निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तरगत प्राप्त बजेटसँगै उपभोक्ता समितिका तर्फबाट १ लाख ८० हजारभन्दा बढी जनश्रमदान तथा गुम्बाका तर्फबाट ८ लाख ५० हजार रुपैंया लगानी गरी ११ सय मिटर बाटोमा सोलिङ्ग गरिएको छ । अब बाँकी रहेको सडकमा पनि सोलिङ्ग गर्न बजेट प्राप्त हुने आश्वासन प्राप्त भएपछि गुम्बा तथा उपभोक्ता समिति उत्साहित भएका छन् । सांसद राजभण्डारीले गुम्बाले जस्तै अन्य क्षेत्रमा पनि यसरी नै उत्साहजनक कार्य हुनेभए समृद्ध नेपालको सपना साकार हुन समय नलाग्ने जिकिर गरे ।

सोलुदुधकुण्ड नगरपालिकाको प्राविधिक सहयोगमा भएको सो सडक सोलिङ स्तरोन्नती कार्य अनुगमनमा सांसद राजभण्डारीसँगै सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का अध्यक्ष दावागेलु पाख्रिन, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य नुतन श्रेष्ठ सहभागी थिए ।

 

chiwang bato 20200519_133545

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved