• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कोरोना संक्रमित नभएकालाई मात्रै सोलुखुम्बु पठाउने व्यवस्था मिलाउन केन्द्र र प्रदेश सरकारसँग अनुरोध

  • जेठ ७, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । भारत तथा तेश्रो मुलुकवाट सोलुखुम्बु आउने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी कोरोना संक्रमित नभएका व्यक्तिलाई मात्रै जिल्ला पठाउन जिल्ला समन्वय समिति सोलुखुम्बुले केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरेको छ । जिल्ला समन्वय समितिमा बुधबार भएको बैठकले भारत लगायत् तेश्रो मुलुकवाट आफ्ना नागरिक नेपाल ल्याउने अवस्थामा सोलुखुम्बु आउन चाहनेहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गरेर मात्रै सोलुखुम्बु पठाउन केन्द्र र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको हो ।

भौगोलिक विकटता, अस्पतालमा पूर्वाधारका कमी तथा श्रोत साधनको अभावका कारण स्वास्थ्य परिक्षण गरी कोरोना संक्रमित नभएका व्यक्तिलाई मात्र जिल्ला पठाउने व्यवस्था गर्नका लागि अनुरोध गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले जानकारी दिए ।

प्रदेश सभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, स्थानीय तहका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको बैठकले नियमित रुपमा औषधी सेवन गरिरहेका बिरामीहरुलाई औषधीको अभाव हुन नदिन जिल्ला भित्रका सबै स्थानीय तहहरुले आवश्यक औषधीको विवरण र परिमाण उल्लेख गरी स्वास्थ्य कार्यालयमा प्रेषित गर्ने र स्वास्थ्य कार्यालयले औषधी खरिदको व्यवस्था मिलाई उपलब्ध गराउने, सोलुखुम्बुमा कोरोना संक्रमण भित्र नदिन कोरोना व्यवस्थापन कार्य योजना तयार गरी प्रभाबकारी रुपमा लागू गर्न जिल्लाका स्थानीय तहलाई अनुरोध गर्ने, कोरोना परिक्षण किट स्वास्थय कार्यालयले आवश्यक मात्रामा मागर गरी परिक्षणको दायरा बिस्तार गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विकास निर्माणका काममा सुरक्षा सावधानी अपनाई नियमित सञ्चालनका लागि स्थानीय तहले आवश्यक समन्वय र सहयोग गर्ने निर्णयका साथमा मकै बालीमा देखिएको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन कृषि ज्ञान केन्द्रलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णयहरु

0BF1EE07-2E2E-4212-988B-5D5560CFB997 2827F75D-7379-4577-84A7-EB1511B97ECF

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved