• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

लक डाउनका बीच सल्लेरीको घर घरमा 'फूल गमला' सजिँदै

  • जेठ ८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । कोरोना संक्रमणका कारण यतिखेर मुलुक 'लक डाउन'मा छ । 'लक डाउन' कै बीचमा सदरमुकाम सल्लेरी क्षेत्रका सडक आसपासका घरधनीहरु भने फूलले आफ्नो घर टोल सजाउन व्यस्त बनेकाछन् ।

सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रको सरसफाईलाई मध्यनजर गरी हरेक घरका अगाडि फूल गमला राख्न प्रेरित गरेपछि सदरमुकाम क्षेत्रमा फूल गमला अभियान शुरु गरिएको छ । यतिखेर सदरमुकाम सल्लेरीको नेपाल रेडक्रस सोसाइटी रहेको स्थानदेखि माउण्ट एभरेष्ट इंग्लीस स्कुलसम्मको टोलको हरेक घरको अगाडि यतिखेर गमला फूल सजिएको देख्न सकिन्छ ।

सफा र स्वच्छ नगरको अभियानलाई अघि बढाएको सोलुदुधकुण्ड नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै नगरको सुन्दरता वृद्धि गर्न हरेक घरमा फूल गमला अभियानको शुरुवात गरिएको नगरपालिका सरसफाई संयोजक मुना खत्रीले बताइन् ।

नगर क्षेत्रको सरसफाई तथा स्वच्छताका लागि बजार क्षेत्रका हरेक टोल टोलमा टोल सुधार समिति गठन गरेर स्थानीयलाई नै सरसफाईका लागि उत्प्रेरित गरिरहेको बताउँदै खत्रीले प्रारम्भिक चरणमा दुई वटा टोलवाट फूल गमला अभियानलाई शुरु गरिएको जानकारी दिइन् ।

टोललाई उत्प्रेरित गर्न नगरपालिकाले ६४ घरलाई गमलासमेत वितरण गरेको छ । नगरपालिकाले बुधबारसम्म नगर क्षेत्रका ६४ घरलाई तीन तीन वटाका दरले गमला वितरण गरेको हो । नगरपालिकाले गमला बितरण गर्नासाथ अधिकांश घरहरुले फूलसहित गमला घर अगाडि सजाएको देखिन्छ ।

हरेक घरले नगरपालिकाले दिए जतिकै संख्यामा गमला थप गर्नुपर्ने नीति पनि नगरपालिकाले लिएको छ । नगर क्षेत्रको हरेक घरमा कम्तीमा पाँच पाँच वटा फूल गमला राख्नका लागि नगरपालिकाले स्थानीयलाई प्रेरित गरिरहेको खत्रीले बताइन् ।

सरसफाइलाई लक्षित गरी नगरपालिकाले नगरको प्रमुख बजार क्षेत्रका डस्ट बिनको समेत व्यवस्था गरेको छ भने टोल टोललाई डस्ट बिन लगायत्का सरसफाई सामग्री समेत वितरण गरेको छ ।

हाल सोलुदुधकुण्ड नगरपालिकामा ४५ वटा टोल सुधार समिति क्रियाशिल रहेको सरसफाई संयोजक मुना खत्रीले जानकारी दिइन् ।

IMG_3884 IMG_3857 IMG_3887 IMG_3891 IMG_3851 IMG_3868 IMG_3862 IMG_3864 IMG_3875 IMG_3877 IMG_3871 IMG_3885

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved