• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको स्वाब संकलन गरी सोलुवाट काठमाण्डौ पठाइदै

  • जेठ ९, २०७७
  • सोलुखुम्बु समाचार
alt फाइल फोटो

सोलुखुम्बु । कोरोनाको आशंकामा सोलुदुधकुण्ड नगरपालिकाका तीन जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाउने तयारी गरिएको छ । आरडीटी टेष्टमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो लक्षण भएका कारण स्वाब काठमाण्डौ पठाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

उनीहरुमा उच्च ज्वरो तथा निमोनियाको लक्षण देखिएको बताइएको छ ।

दुई पुरुष र एक महिलाको स्वाब काठमाण्डौ पठाउन लागिएकोमध्ये दुई जना सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी र एक जना सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङका रहेकाछन् ।

तीनै जनालाई जिल्ला अस्पतालको आइसोलेसन वार्ड फाप्लुमा राखिएको पनि खकुरेलले जानकारी दिए । पिसिआर परिक्षण पछि दुई तिन भित्रमा रिपोर्ट आउने पनि खकुरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved