• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कोरोनावाट नेपालमा २ बर्षीया बालिकाको मृत्यु, आमा पनि संक्रमित - मृत्यु हुनेको संख्या ८ पुग्यो

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

धनगढी । कोरोना संक्रमणका कारण बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड १९) को संक्रमणकै कारण मृत्त्यु हुनेको संख्या ८ पुगेको छ ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो ।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना मा.वि.को क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो । शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले जानकारी दिए । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved