• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुलाई प्रदेश १ सरकारको सहयोग, प्रदेश सांसद राजभण्डारी आफैले लिएर आए स्वास्थ्य सामग्री

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोनासँग सम्बन्धित विभिन्न स्वस्थ्य सामग्री प्रदेश १ सरकारले सोलुखुम्बु जिल्लाका लागि उपलब्ध गराएको छ । प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थान केन्द्र विराटनगरले सोलुखुम्बुका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री सांसद राजभण्डारीले आइतबार जिल्ला स्वास्थ्य कार्यालय सालुखुम्बुलाई हस्तान्तरण गरेका हुन् ।

राजभण्डारीले हस्तान्तरण गरेका सामग्रीहरुमा पिपिइ गाउन २०० सेट, एन ९५ मास्क १०० थान, आइ.आर. थर्मोमिटर १० थान, सर्जिकल मास्क २००० थान रहेको छ । हस्तान्तरित सामग्रीमा फेस सिल्ड, गमबुट, सु कभर, सर्जिकल क्याप, ह्याण्ड स्यानिटाइजर, पिपिइ फुल सेट पनि रहेको छ ।

आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित बिशेष कार्यक्रममा प्रमुख सचेतक राजभण्डारीले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख रमेश खकुरेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा खकुरेलले प्राप्त स्वास्थ्य सामग्री सोलुखुम्बुका लागि अत्यन्तै महत्वपूर्ण भएको बताए ।

प्रदेश सांसद राजभण्डारीले आफै लिएर आए स्वास्थ्य सामग्री

सोलुखुम्बुका एक जना युवामा कोरोना पोजिटभ देखिएपछि प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी आफैले स्वास्थ्य सामग्री लिएर सोलुखुम्बु आइपुगेका हुन् । राजभण्डारीको बिशेष पहलमा सोलुखुम्बुका लागि स्वास्थ्य सामग्री प्राप्त भएको हो ।

प्रदेश १ संसदको बजेट अधिवेशन चलिरहँदा नेकपाको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका राजभण्डारी आफैले दौडधुप गरी स्वास्थ्य सामग्री लिएका हुन् । “जिल्लामा संक्रमण देखियो, स्वास्थ्य सामग्री अभाब छ त्यसैले छिटो भन्दा छिटो स्वास्थ्य सामग्री सोलुखुम्बु ल्याउनका लागि आफै अगाडि बढेको हुँ” राजभण्डारीले सोलुखुम्बु समाचारसँग भने । शनिबार स्वास्थ्य सामग्री लिएर सोलुखुम्बु आइपुगेका राजभण्डारीले केही दिनमा नै बजेट अधिवेशनका लागि विराटनगर जाने बताए ।

IMG_4059 IMG_4060 IMG_4062

सम्बन्धित समाचारहरु

नेकपा स्थायी समिति ब ...

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पट ...

राष्ट्रपतिलाई प्रचण् ...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै अध्यादेश ल्याएमा केही दिन रोक्न रा ...

प्रदेश १ को सरकारको ...

विराटनगरः प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनम ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved