• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सगरमाथा जोड्ने सडक - 'ङिमदोर्जी शेर्पा पर्यटन सडक'

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको नामवाट गरिने भएको छ । आइतबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाको वडा नम्बर १ खरिखोलादेखि गाउँपालिका केन्द्र चौरिखर्कसम्म निर्माणाधिन सडकको “ङिमदोर्जी शर्पा पर्यटन सडक” नामांकन गर्ने निर्णय गरेको हो ।

सगरमाथा क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उक्त सडकको नामांकन गाउँपालिका अध्यक्षको नाममा गर्ने निर्णय गरिएको प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

सगरमाथा क्षेत्र जोड्ने दुधकोशी कायाघाटको मोटरेबल पुल, गाउँपालिका केन्द्र जोड्ने सडक लगायत खुम्बुको विकासमा अध्यक्ष शेर्पाले खेलेको भूमिकाको उच्च सम्मान गर्दै अध्यक्षकै नाममा सडकको नामांकन गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए । उक्त सडकको दुरी ५० किलोमिटर रहेको छ ।

तत्कालिन नेकपा एमालेवाट गाउँपालिका अध्यक्षमा निर्वाचित ङिमदोर्जी शेर्पा पछिल्लो समय पेटको क्यान्सरसँग जुधिरहेकाछन् ।

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved