• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

  • असार १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिइन्। 

‘कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको हो,’ उनले भनिन्। 

मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : राधाकृष ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पू बजारमा “जोरधारा नागेश्वर राधाकृष्ण मन्द ...

चोकर्म (सेतो पोखरी) ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारम ...

ज्ञानेन्द्र शाहीको अ ...

सोलुखुम्बु । सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान नाराका साथ गठित ‘हाम्रो नेपाल, हामी ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved