• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सरकारले निर्णय गरेको डेढ घण्टामै राष्ट्रपतिको पत्र संसदमा

  • असार १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरेकी छिन्। राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो। जबकी मन्त्रिपरिषद्को १२ बजेका लागि डाकिएको बैठक साढे १२ बजे सुरू भएको थियो।

उक्त बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। 

सामान्यतया: संसदको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिएको थियो। त्यस्तो पत्रमा राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको उल्लेख हुन्थ्यो। तर यसपटक मन्त्रिपरिषद्ले नै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

 नेकपाका सचिवालय सदस्यहरूले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन्।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : राधाकृष ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पू बजारमा “जोरधारा नागेश्वर राधाकृष्ण मन्द ...

चोकर्म (सेतो पोखरी) ...

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारम ...

ज्ञानेन्द्र शाहीको अ ...

सोलुखुम्बु । सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान नाराका साथ गठित ‘हाम्रो नेपाल, हामी ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved