• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

प्रदेश सरकारले साहित्यकार डि.बी. किराँतीलाई नगदसहित सम्मान गर्ने

  • असार २७, २०७७
  • सोलुखुम्बु समाचार
alt

 

सोलुखुम्बु । सोलुखुम्बुलाई कर्मथलो बनाएका साहित्यकार डि.बी. किराँतीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ । सगरमाथा नाट्यकला प्रतिष्ठानका अध्यक्षसमेत रहेका किराँतीलाई प्रदेश १ को मन्त्रिपरिषदको शुक्रबारको बैठकले नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले साहित्य कला विधामा किराँतीलाई नगद ५० हजारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

राजनीतिमा समेत सक्रिय किराँतीको 'पागलको डायरी', 'कहाँ जान्छौ तन्नरी ?', लगायतदर्जनौ नाटक तथा कविता प्रकाशित छन् । उनले उपन्यास 'खोजी', खण्डकाव्य 'के तिमी जिउँदै छौ ?', कविता मुक्तक संग्रह 'पोको पन्तरा', नाटक 'चुनौति', निबन्ध संग्रह 'के हो नयाँ नेपाल ?', निबन्ध 'चौतारो', सुनुवारी भाषा सँस्कृितमा आधारित 'मुल्क्यम', किचन गार्डेन 'कृषि हाते पुस्तिका' र 'प्रांगारिक कृषि डायरी' लगायत् पनि प्रकाशित भएकाछन् ।

२०१२ सालमा ओखलढुंगाको रुम्जाटारमा जन्मिएका उनी पछिल्लो समय कृषि कर्ममासमेत सम्लग्न छन् ।

 

DB kiranti 1

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved