• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुमा ‘गजबको लभ स्टोरी’ (भिडियो सहित)

  • श्रावण ३०, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुखुम्बुमा युटुब सिरिज ‘गजबको लभ स्टोरी’ निर्माण भएको छ । ‘स्कुल अफ लाइफ’ युटुब च्यानलबाट प्रसारण हुने सिरिज राजु श्रेष्ठको कथामा सुनिल गुरुङले निर्देशन गरेका हुन् ।

आशिष तामाङ सह–निर्देशक रहेको सिरिजको शिर्ष गायन एवं संगीत विशेष खालिङ र सागर राजभण्डारीको रहेको छ भने सिनेम्याटोग्राफर आप्पा शेर्पा, प्रोडक्सन डिजाईनर एलिसा मगर र ‘ज्ञानी ज्ञ’को प्रोडक्सन रहेको छ ।

सिरिजको शुक्रबार सदरमुकाम सल्लेरीमा एक बिशेष कार्यक्रमको अयोजना गरी पहिलो भाग प्रिमियर गरिएको छ । सल्लेरी आसपासमा छायाङ्कन गरिएकोे सिरिजमा मुख्य कलाकारको भुमिकामा बारिस सोना, समिता तामाङ र मिङमाल्हमु शेर्पा रहेका छन् । आगामी भागमा जीवन थापा, इमान राई, छिरिङ शेर्पा, दावारिन्जी शेर्पा, ममता राई, अन्जना श्रेष्ठ, स्लेसा राजभण्डारी, पासाङडोमा तामाङ र जक्स तामाङ लगायतका कलाकारहरुको भुमिका पनि रहने छ ।

प्रिमियर कार्यक्रममा निर्देशक सुनिल गुरुङले सिरिज चेतनामुलक रहेको बताए ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved