• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुका बिगेशको “बहाना” (भिडियो सहित)

  • श्रावण ३२, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सांगीतिक क्षेत्रमा नयाँ परिचय बनाउने अभिलाषा सहित बिगेश श्रेष्ठले आफ्नो पहिलो गीत “बहाना” सार्वजनिक गरेकाछन् । संगीतकर्ममा सक्रिय सल्लेरीका युवा बिगेशले आफ्नै स्वर, संगीत र रचनामा “बहाना” को भिडियो सार्वजनिक गरेका हुन् ।

गोदावरी र जगडोल क्षेत्रमा सुटिङ गरिएको “बहाना” बिगेशको पहिलो गीत हो । पहिलो गीत बजारमा ल्याए पनि बिगेशले दर्जनौं गीतहरु रचना संगीत गरेकाछन् । आगामी दिनमा ति गीत संगीत क्रमश सांगीतिक बजारमा पस्कने बिगेशको योजना रहेको छ ।

बिगेशको पहिलो गीत “बहाना” माया प्रेमसँग सम्बन्धित छ । बिना गल्ती माया प्रेमवाट टाढिन गरेको “बहाना” गीतमा व्यक्त छ । “बहाना” को शुरुवाती प्रतिक्रिया राम्रो पाएको छु, सबैको साथ सहयोग र हौसला पाए सांगीतिक क्षेत्रमा नै केही गर्ने योजना छ” बिगेशले भने ।

कृष्ण लिम्बुले एरेन्ज गरेको गीतको भिडियोमा सुरज दियाली, सञ्जु थलाङ र पवन खड्काले अभिनय गरेकाछन् । भिडियोमा दिपेन गुरुङको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved