• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सिपिएलको उपाधि ट्रीनबेगोलाई, पोलार्ड सर्वोत्कृष्ट

  • भदौ २६, २०७७
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी – प्रतियोगिता अवधिभर अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० को उपाधि ट्रीनबेगो नाइट राइडर्सले जितेको छ । बिहिवार राती भएको फाइनलमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको हो । जितका लागि जुक्सले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य राइडर्सले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।

राइडर्सका ओपनर लेन्डल सिमन्स ४९ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा अविजित रहे । ड्यारेन ब्राभो ४७ बलमा २ चौका र ६ छक्का सहित ५८ रनमा अविजित रहे । तेस्रो विकेटका लागि सिमन्स र ब्राभोले १ सय ३८ रनको अविजित साझेदारी गर्दै सहज उपाधि दिलाएका थिए ।

ओपनर टियोन वेबस्टर ५ र टिम सिफर्ट ४ रनमा आउट भए । रोश्टन चेश र स्कट कुग्गेलेइजनले एक एक विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जुक्स १९.१ ओभरमा १ सय ५४ रनमा अल आउट भएको थियो । सुरुवात राम्रो गरेपनि अन्त्य उत्कृष्ट गर्न नसक्दा विशाल योगफल बनाउनबाट चुकेको थियो ।

मार्क डियाल २९, आन्द्रे फ्लेक्चर ३९, रोश्टन चेश २२ र नाजिबउल्लाह जद्रानले २४ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । राइडर्सका कप्तान काइरन पोलार्डले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अली खान र फवाद अहमदले २–२ विकेट लिए ।

यसअघि सन् २०१५, २०१७ र २०१८ मा राइडर्सले उपाधि जितेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राइडर्सका कप्तान काइरन पोलार्ड चुनिए । राइडर्सलाई अपराजित रहँदै उपाधि दिलाउन कप्तानी र प्रर्दशन दुबैमा महत्वपूर्ण योगदान दिएका पोलार्डले २ सय ७ रन बनाउनुको साथै ८ विकेट लिएका थिए ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved