• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेकपा सचिवालय बैठक : माधव नेपालले पोखे असन्तुष्टि !

  • भदौ २६, २०७७
  • सोलुखुम्बु समाचार
alt

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान ११ बजेपछि जारी बैठकमा आफ्नो भनाइ राख्दै नेता नेपालले दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल नहुने बताएका हुन् । 

 

विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनबारे सचिवालयमा राखेको १५ बुँदे प्रस्ताव स्थायी कमिटी बैठकमा पनि पेश गरिएको छ । 

एक स्थायी कमिटी सदस्यका अनुसार नेता नेपालले पार्टीलाई विधिसम्मत चलाउनुपर्ने बारे आफूले उठाउँदै आएको अडान नत्याग्ने बताएका हुन् ।

 

दिउँसो सवा २ बजेसम्म अध्यक्ष एवं प्रधानमन्त्री ओली, माधव नेपाल, देव गुरुङ, लीलामणि पोखरेल, मात्रिका यादव, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य र रघु पन्तले धारणा राखिसकेका बैठकको बीचमा बाहिरिएका स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । 

बैठकको शुरूमा संक्षिप्त सम्बोधन पछि पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए । ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका छन् । 

कोरोना संक्रमणको खतरा रहेको भन्दै बैठक शुक्रवार नै टुंग्याउने तयारी भइरहेको छ ।

असार १० गते शुरू भई पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved