• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

अबरुद्ध सल्लेरी - काठमाण्डौ सडक खुलाउन कन्ट्रोल बिष्फोट

  • भदौ २८, २०७७
  • भोजराज कार्की
alt

सोलुखुम्बु । ठुलो ढुंगा सहित पहिरो खसेर अबरुद्ध बनेको ओखलढुंगा–सल्लेरी–जन्तरधाप सडक खण्ड खुलाउनको लागि कन्ट्रोल बिष्फोट गरिएको छ । सोलुखुम्बुका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख सहितको टोलीले स्थलगत अध्ययन गरि पहिरो पन्छाउने अन्य बिकल्प नभएपछि कन्ट्रोल बिष्फोट गरिएको हो ।

ढुंगा हटाउने अन्तिम विकल्प नै विस्फोट गराउने भएकाले सुरक्षा समितीको बैठक बसेर ब्लाष्टिङ गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुले बताए । डिएसपी लिम्बुका अनुसार १० वटा ब्लाष्टिङ गरेर सडकमा झरेको ठुलो ढुंगा हटाउन सफल भएपनि बर्षातसंगै लेदो बग्दा सडक भने अझै सुचारु भएको छैन ।

बर्षातसंगै निरन्तर लेदो बगिरहेको हुँदा आवतजावत गर्ने आम नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला सदरमुकामलाई प्रदेश र संघीय राजधानी जोड्ने एक मात्र सडक खण्डमा निरन्तर पहिरो खसिरहँदा यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्याता रहेको यात्रु देबेन्द्र बास्तोलाले बताए ।

हिउँद बर्खा बाह्रै महिनाको समस्या उस्तै भएपनि संबन्धित निकायको बेवास्ताका कारण सवारी सधानमा क्षती पुग्ने गरेको सोही पहिरोमा भेटिएका सवारी चालक प्रविन कार्कीले बताए । केही दिन अघि मात्रै गुडी रहेको स्कारपियोमाथि ढुंगा खस्दा ३ जना घाइते भएका थिए । सडकको ट्रायक खोल्दा देखिकै समस्या भएपनि दशकौ बितिसक्दा समेत दोगो समाधानको उपाय नखोज्नु दुःखद भएको स्थानीय उद्धब प्रसाद काफ्लेको भनाइ छ ।

 

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved