• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

बौद्धमा एक ट्रेकिङ गाइड मृत अवस्थामा भेटिए

  • भदौ २८, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । बौद्धको नयाँ पाटीमा एक जना ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् । नयाँ पाटीमा रहेको एउटा घरमा शनिबार राती खोटाङका ४० वर्षीय पासाङ शेर्पा मृत भेटिएका हुन् । उनी महांकाल छेउ आरुबारीमा डेरा गरी बस्दै आएका थिए ।

 महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार घटनामा सोधपुछका लागि एकजना महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे जानकारी पाएलगत्तै बौद्धको प्रहरी टोली महिलाको घरमा पुगेको थियो । त्यसक्रममा उनले शेर्पालाई उपचारका लागि लैजाने कोशिश गरिरहेको पाइएको थियो ।

प्रहरीका अनुसार दुवै जना डिभोर्सी हुन् । विगतमा पनि दुवै जनालाई सँगै हिँडेको स्थानीयले देखेका थिए । शेर्पाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । मदिरा सेवन गरेपछि शेर्पाले वान्ता गरेकाले आफूले अस्पताल लैजाने प्रयास गरेको महिलाको भनाइ छ ।

तर, घरबाट निकाल्ने वेलामै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शेर्पाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । जसको रिपोर्ट आएपछि शेर्पाको मृत्युको कारणबारे खुल्नेछ ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved