• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?

  • भदौ २८, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ। 

प्रदेश २ को धुनषामा १४, पर्सा र बारामा ४÷४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२ र सिरहामा ३ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २७, धादिङमा ३४, नुवाकोटमा ९, भक्तपुरमा ८१, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्की, गोरखा र तनहुँमा ७÷७, नवलपरासी पूर्वमा २०, लमजुङमा २७ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा  ८, पाल्पामा १, प्यूठानमा २, बर्दियामा ६१, बाँकेमा १७ र रुपन्देहीमा ३१ जनामा कोरोना पाइएको छ। 

यस्तै, कर्णाली प्रदेशको जुम्लामा २, दैलेख र रुकुम पश्चिममा १÷१ र सुर्खेतमा ७, सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ७ र डडेल्धुरामा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये १५ हजार १ सय १७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved