• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

क्रिकेटर भण्डारी दुर्घटनामा घाइते

  • भदौ २९, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् ।

 

दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए । भण्डारीको टाउको, कम्मर र हातमा चोट रहेको थापाले  जनाए ।

चिकित्सकलाई उदृत गर्दै उनले बताए अनुसार भण्डारीको स्वास्थ्य अवस्था मध्यम छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved