• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

  • भदौ २९, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त एकपदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो। राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये तीन जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ।

यस्तै सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । 

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved