• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेयमारलाई लामो प्रतिबन्धको सम्भावना, ५ खेलाडीले रातो कार्ड

  • भदौ २९, २०७७
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच आइतबार भएको फ्रेन्च लिग वानको खेलमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड प्राप्त गरे । प्रोफेसनल फुटबल लिग फ्रान्सले आइतबारको घटनाबारे छानविन गरेर बुधबार निर्णय सुनाउने जनाएको छ पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी अन्त्यतिर हात हालाहाल मै उत्रँदा रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाए । त्यसअघि उनले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी हातले हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

लिगको अनुशासन समितिले खेलमा रेफ्रीले नदेखेको घटनामा पनि छानविन गर्ने बताएको छ । मार्सेका प्रशिक्षक आन्द्रे भीलास बोसका अनुसार मार्सेका खेलाडीलाई पीएसजीका एक खेलाडीले थुकेका समेत थिए । त्यस्तै नेयमारले रंगभेद टिप्पणीको आरोप लगाएका अल्भारोले आफुले त्यसो नगरेको ट्वीटरमा बताएका छन् । समितिले त्यसमा पनि अध्ययन गर्ने छ ।

लिगको नियमअनुसार रंगभेद टिप्पणी गर्ने खेलाडीलाई १० खेलसम्म प्रतिबन्ध हुनेछ । विपक्षीलाई थुकेको खण्डमा ६ खेलसम्म प्रतिबन्ध हुने प्रावधान छ । यस्तै विपक्षी खेलाडीलाई हात हाल्नेलाई ७ खेल प्रतिबन्ध लगाउने नियम रहेको छ ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved