• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

राष्ट्रपतिद्वारा सोलुखुम्बुका ४ जना विभूषित

उपमेयर कल्पना राई, नाम्चेका कान्छा शेर्पा, नर्सिङ निरीक्षक सानी शेर्पा , लाक्पा फुटी शेर्पा विभूषित

  • आश्विन ३, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । संविधान दिवसको अवसरमा सोलुखुम्बुका ४ जना विभिन्न पदवी तथा अलंकारबाट विभूषित भएका छन् । सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका समाजसेवी कान्छा शेर्पा, प्रवल जनसेवा श्री (चतुर्थ) बाट विभूषित भएका छन ।

जिल्ला अस्पताल सोलुखुम्बुकी नर्सिङ निरीक्षक सानी शेर्पालाई जनसेवा श्री (पञ्चम) बाट सम्मानित गरिएको छ भने खुम्बु पासाङल्हामू गाउँपालिका ४ सोलुखुम्बुकी पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालाई राष्ट्र यशोबद्र्धक अलङ्कारबाट विभूषित गरिएको छ ।

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न मानपदवी तथा अलङ्कारबाट विभूषित गरिएको हो । गत साल ६३४ जनालाई सम्मान गरिएको थियो । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावहरुलाई नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारीसमा संविधान दिवसको दिन राष्ट्रपतिद्वारा सम्मान गरिदै आएको छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिईएको छैन । सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा ४५ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved