• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

पहिलो खेलमा सन्दिपले मौका पाएनन्

  • आश्विन ४, २०७७
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सबाट किंग्स इलेभेन पञ्जाबविरुद्ध टोलीको प्लेइङ बाहिर रहेका छन् । पञ्जाबले पनि क्रिस गेललाई बेन्चमा राखेको छ ।

दुबईमा भएको टसमा पञ्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेइङ ११ मा चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, ब्याट्सम्यान शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस रहेका छन् । सन्दीपलाई बेन्चमा राखेको छ ।

पञ्जाबका कप्तान लोकेश राहुलले आफ्नो चार विदेशी खेलाडीमा ब्याट्सम्यान निकोलस पूरन, ग्लेन म्याक्सवेल, शेल्डन कटरेल र क्रिस जोर्डन रहेको बताएका छन् । पञ्जाबले राम्रो लयमा रहेका अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ ।

दिल्ली पाँच प्रमुख ब्याट्सम्यान, समान दुई अलराउन्डर, तीव्र गतिका बलर र स्पिनरका साथ मैदान उतारेको छ । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्टजेललाई मैदान उतारेपछि सन्दीपलाई बेन्चमा राखेको हो । दिल्लीले भारतीय तीव्र गतिका बलर खेलाएको छनै । दिल्ली एक अलराउन्डर अक्षर पेटल सहित तीन स्पिनर खेलाएको छ ।

पञ्जाबले तीन तीव्र गतिका बलर मैदान उतारेको छ । युवा स्पिनर रबि बिश्रोईलाई डेब्यु गराउदा मुजिबलाई बेन्चमा राखेको छ । तीव्र गतिको बलिङ बलियो बनाउँदा आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ ।

दिल्लीको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त(विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन आश्विन, कागिसो रबाडा, एनरिच नोर्टजे र अमित मिश्रा

पञ्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, कृष्णाप्पा गौथम, क्रिस जोर्डन, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved