• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

हिमचितुवा आङरिता शेर्पाको मृत्यु

  • आश्विन ५, २०७७
  • भोजराज कार्की
alt

सोलुखुम्बु । बिना अक्सिजन १० औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको मृत्यु भएको छ । आज (सोमबार) बिहान १० बजे उहाँको आफ्नै निवास काठमान्डौको जोरपाटीमा मृत्यु भएको आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ बर्षिया शेर्पा हिम चुतुवाको उप नामबाट समेत परिचित छन् । उनको पार्थीव शरीरलाई अहिले शेर्पा गुम्बामा लैजाने तयारी भईरहेको छ । बुधबार बौद्धधर्मअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए भने सन् १९९६ मा बिना अक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

सगरमाथा मात्रै भनई बिना अक्सिजननै पाकिस्तानको माउन्ट केटू र नेपालका चोयु, मनास्लु, लोत्से, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौं हिमालको पटक पटक आरोहण गरेका थिए ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved