• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

'हिम चितुवा’ शेर्पाको निधन प्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

शेर्पाको आरोहण यात्रा

  • आश्विन ५, २०७७
  • भोजराज कार्की
alt

 

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शेर्पाका परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

’विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति श्रद्धासुमन अपर्ण गर्दै उहाँको परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ’, प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ ।

 यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

शेर्पाको निधन प्रति खुम्बु पासङ गाउँपालिकाले पनि दुख ब्यक्त गरेको छ । आज एक शोक विज्ञप्ती जारी गर्दै पालिकाले हिउँ चितुवाको नामबाट परिचित शेर्पाको निधनले गाउँपालिका र सिंगो देशलाई नै ठुलो क्षति पु¥याएको भनिएको छ । गाउँपालिकाका कार्यबहाक अध्यक्ष टासी ल्हमु शेर्पाद्धारा हस्ताक्षरित शोक विज्ञप्तीमा मृतक शेर्पा प्रति श्रद्धाञ्जली अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

आङरिता शेर्पाको आरोहण यात्रा भित्र के के थियो ?

सन् १९४८ मा जन्मनुभएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भएपनि उहाँ भने १५ वर्षकै उमेरबाट आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करिब २० बर्षको उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले बिना अक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरोमा पाइला टेक्नुभएको थियो ।

आरोहणको क्रममै रहनुभएका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उहाँ बिरामी भएको बेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपी कृष्णस्थित भाडाको कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट संन्यास लिऊ भन्ने हुकुम भएको छ ।’ भने पछि उहाँ आरोहणमा नगएको परिवारको भनाई छ ।

त्यसबेला वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधको भएपनि आफुले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तीर दीपेन्द्रले दरबार आउनू भनेको भएपनि दरबार नगएको बताउँने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता राजकीय तक्माबाट भने सम्मानित हुनुभएको थियो ।

१० पटकको विश्वकिर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको विश्वभरि फैलाउन सफल आङरिता शेर्पालाई भारत सरकारले उत्रै बस्न व्यवस्था मिलाई दिने प्रस्ताव राखेको भएपनि नगएको बताउँने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमा शेर्पाले बताउँनुभयो । यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको भन्दै पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदैआएको छ ।

आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ, आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । श्रीमती बितेको सात वर्ष भइसक्यो ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved