• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : करेण्ट लागेर वडा अध्यक्षको निधन

  • आश्विन ६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामााङको निधन भएको छ । वडा अध्यक्ष तामाङको मंगलबार विहान सल्लेरीमा करेन्ट लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुका अनुसार विहान ८:३० बजे रड बोकेर सल्लेरी स्थित आफ्नै घरको छतमा जाने क्रममा करेन्ट लागेर भुईमा खस्नुभएको थियो ।

उहाँको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ३९ बर्षिय वडा अध्यक्ष तामााङ सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित आफ्नै घरमा बस्दै आउँनुभएको थियो । फलामको लामो रड बोकेर छतमा जाने क्रममा रडले विद्युतको तारमा छुदा करेन्टर लागेको प्रहरीले जनाएको छ । तामााङको शवलाई अहिले फाप्लु अस्पताल फाप्लुको शव गृहमा राखिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved