• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

वडा अध्यक्ष तामाङको निधन प्रति दुःख ब्यक्त

  • आश्विन ६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको निधन प्रति नेकपा सोलुखुम्बुले दुख व्यक्त गरेको छ । अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पाले वक्तव्य जारी गर्दै तामाङको निधनले सिङ्गो सोलुखुम्बु र पार्टीलाई अपुरणिय क्षती पुगेको जनाएको छ ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष वुद्धिकिरण राईले पनि शोक विज्ञप्ती जारी गर्दै उर्जाशिल, बिकासप्रेमी, निष्ठावान, कुशल क्षमता भएका उदयमान नेतृत्व गुमाउदा सिंगो गाउँपालिकालाई क्षति पुगेको जनाएकाछन् ।

राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुका संयोजक देउता बस्नेत र सह संयोजक योगेश श्रेष्ठले जारी गरेको शोक वक्तव्यमा तामाङको निधनले संगठन, पार्टी र सोलुखुम्बु जिल्लामा अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन सोलुखुम्बुले एक कुशल अभिभाबक र प्रभाबशाली नेतृत्व गमाएको भन्दै दुख ब्यक्त गरेको छ ।

माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको आज मंगलबार विहान सल्लेरीमा करेण्ट लागेर निधन भएको थियो ।

यो पनि 

सोलुखुम्बु : करेण्ट लागेर वडा अध्यक्षको निधन

AD5F64D3-C028-4C06-BD2B-AB0C5A7B8A7A 14264C82-7540-47D1-9369-BDE33150DD9E

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved