• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

वडा अध्यक्ष तामाङको अन्त्येष्टिमा हजारौं सहभागी [भिडियो]

  • आश्विन ७, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको अन्त्येष्टि गरिएको छ । तामाङको बौद्ध धर्म अनुसार आज बुधबार थुलुङ दुधकोशी गाउँपालिका ७ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना थोलेम डाँडामा अत्येष्टि गरिएको हो ।

सदरमुकाम सल्लेरीस्थित घरमा हजारौंले तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शव यात्रा गर्नु अघि सल्लेरीमा तामाङको पार्थिव शरीरमा नेकपाको झण्डा ओढाइएको थियो ।

नेकपा सोलुखुम्बुका अध्यक्ष मानविर राईले पार्टीको झण्डा ओढाएर तामाङ प्रति सम्मान अर्पण गर्नुभएको थियो । कार्यक्रममा संघीय सांसद हेमकुमार राई, प्रदेश सांसदद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर कल्पना राई, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता मगरका साथमा अन्य जनप्रतिनिधी, कर्मचारी, स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

३९ बर्षिय तामाङ तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन सोलुखुम्बका अध्यक्ष समेत थिए ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved