• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखम्बु : दुई जनामा कोरोना संक्रमण पुष्टि

  • आश्विन २६, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुखुम्बुको २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका एक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार संक्रमित हुनेमा थुलुङ दुधकोशीका १८ बर्षिय र सोलुदुधकुण्ड नगरपालिकाका ३३ बर्षिय पुरुष रहेका छन् ।

संक्रमित दुई जना मध्ये नगरपालिकाका युवक काठमाण्डौमा नै पिसिआर परिक्षण गर्दा संक्रमण पुष्टि भएपछि जिल्लामा आएको खुलेको छ भने थुलुङ दुधकोशीका युवक समुदाय स्तरमा नै बसोबास गर्ने ब्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन राम कुमार विश्वकर्माले जानकारी दिए । उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम भईरहेको कार्यालयले जनाएको छ ।

उनीहरु दुबै जनालाई जिल्ला अस्पताल फाप्लुको आईसालेसनमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । संक्रमित दुवै जनामा कुनै पनि लक्षण भने देखिएको छैन् । यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जस मध्ये ७ जना संक्रमण मुक्त भईसकेका छन् ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved