• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नोबेलमा सोलुकी ताराको नि*धन, शल्यक्रिया गर्दा आन्द्रा काटेको आरोप, अस्पतालमा तना-ब

  • आश्विन २७, २०७७
  • सोलुखुम्बु समाचार
alt

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकको लापरवाहीका कारण सोलुखुम्बुका एक बिरामीको मृत्यु भएको भन्दै आफन्तले कलेज परिसरमा मंगलबार नाराबाजी गरेका छन् ।

आइतबार पाठेघरको शल्यक्रियाका लागि नोबेलमा भर्ना हुनुभएकी सोलुखुम्बुको नेचासल्यान–४ की ३५ वर्षीया तारादेवी भट्टराईको मंगलबार विहान मृत्यु भएको थियो ।

महिलाको मृत्युपछि आफन्तले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्न माग गर्दै मंगलबार दिनभर प्रदर्शन गरेका हुन् । मृतक महिलाका श्रीमान् ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार ताराको शल्यक्रिया गर्ने जानकारी अस्पतालले दिएको थियो । सोमबार बिहान डा. शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेपछि उनलाई आइसियूमा राखिएको थियो ।

शल्यक्रियापछि श्रीमतीको अवस्था सामान्य रहेकोमा सोमबार साँझ पुनः अर्को शल्यक्रिया गर्नुपर्ने जानकारी अस्पतालले दिएको भट्टराईको भनाइ छ । त्यसपछि शल्यक्रिया गरेर उनलाई अचेत अवस्थामा अक्सिजनसहित शल्यक्रिया कक्षबाट निकालेर भेण्टिलेटरमा राखेकोमा मंगलबार बिहान मृत्यु भएको जानकारी अस्पतालले दिएको आफन्तको भनाइ छ ।

पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको बताएका थिए । तर, शल्यक्रियाअघि परीक्षण गर्दा ट्यूमर नदेखिएकोले घटना शंकास्पद रहेको भट्टराईको भनाइ छ ।

EDFE25B9-7F24-4E16-B7A0-47296E7CB8FC
तारादेवी भट्टराई

ट्यूमर निकालेको भन्दै चिकित्सकले बिरामीको आन्द्रा काटिदिएको आफन्तको आरोप छ । दिनभर श्रीमतिको अवस्था सामान्य भएको बताएका चिकित्सकले बेलुका रगत रोकिएन भन्दै शल्यक्रिया गर्न लिएर गएको श्रीमान ओमले बताउनुभयो । त्यसपछि श्रीमतिलाई अचेत अवस्थामा भेन्टिलेटरमा राखिएको उहाँको भनाइ छ । ट्यूमर निकाल्ने भन्दै चिकित्सकले बिरामीको आन्द्रा काटिदिएकोले मृत्यु भएको उहाँले बताउनुभयो ।

लापरवाही गर्नेलाई कारवाही नभएसम्म बिरामीको शव नउठाउने भट्टराईले बताउनुभएको छ । विरामीका आफन्तले नाराबाजी गरेपछि नोबेल प्रशासनले अस्पतार परिसरमा सुरक्षा चाहियो भन्दै प्रहरी बोलाएको थियो ।

अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लागेपनि नोबेल मेडिकल कलेज विराटनगरले कुनै प्रतिक्रिया दिएको छैन । कलेजका प्रबन्धक नारायण दाहालले घटनाका विषयमा कुनै प्रतिक्रिया दिन चाहनुभएन । - हाम्रो मतवाट

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved