• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

रोनाल्डोलाई कोरोना संक्रमण

  • आश्विन २७, २०७७
  • सोलुखुम्बु समाचार
alt

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ ।

यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन । रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेलमा खेलेका थिए ।

रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved