• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : विद्यालय आफैले थाल्यो सेनिटरी प्याड उत्पादन

  • आश्विन २९, २०७७
  • सुबास दर्नाल
alt

सोलुखुम्बु । गार्मा माध्यमिक विद्यालय आफैले घरेलु सेनिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ । बजारमा पाईने तयारी प्याड भन्दा घरेलु सेनेटरी प्याड प्रभावकारी भएको भन्दै विद्यालयले वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा कम खर्चिलो प्याड उत्पादन शुरु गरेको हो । 

उक्त प्याड पुनः प्रयोग गर्न मिल्ने विद्यालयको भनाई छ । विद्यालयले स्थानिय स्तरमै उपलब्ध कच्चा पर्दाथबाट प्याड उत्पादन गरि करिब तिन सय छात्राहरुलाई वितरण गरिसकेको छ ।

सहयोगी संस्था हिमालयन केयर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई जना छात्रालाई तालिमका लागि काठमाण्डौ पठाएको थियो । प्याड उत्पादन सम्बन्धी शीप सिकेर फर्केपछि विद्यालय आफैले सुति र फ्लाटिनको कपडा प्रयोग गरि प्याड तयार पारेको विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले जानकारी दिए ।
बजारमा पाईने प्याड नकुहिने र नजल्ने भएकाले बातावरण मैत्री प्याड उत्पादन सुरु गरेको उनको भनाई छ ।

खर्चको हिसाबले समेत सस्तो हुने घरेलु सेनेटरी प्याड स्वास्थ्यको दृष्टिकोणले समेत त्यत्तिकै प्रभावकारी मानिने स्वास्थ्कर्मी विनु मोक्तानको भनाई छ । घरेलु प्याडलाई धोएर करिब २ बर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले पनि बातावरण मैत्री हुने विद्यालयको विश्वास छ ।
विद्यार्थीसँग भनेको समयमा प्याड किन्ने पैसा समेत नहुने भएकाले पुन प्रयोग गर्न मिल्ने प्याड सहज हुने विद्यालयकी छात्रा प्रमिला प्रधानले बताइन् ।

अर्की छात्रा समिक्षा कुलुङ भन्छिन बजारमा पाईने प्याड प्रयोग गरिसकेपछि कहाँ फाल्ने भन्ने चिन्ता हुन्थ्यो, तर घरेलु प्याडलाई धोएर पटक पटक प्रयोग गर्न सकिने भएकाले सहज भएको छ ।

उत्पादित प्याड छिमेकी विद्यालयहरुलाई समेत वितरण गर्ने योजना बनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए । नगरपालिकाले फोहोर ब्यवस्थापनका निम्ति घरेलु सेनेटरी प्याड प्रयोगलाई जोड दिदै नगरका केही विद्यालयहरुमा वितरण गरिरहेको छ । तर सेनेटरी प्याड भन्दा पनि सिप महत्वपुर्ण भएकाले छात्रा आफैलाई प्याड तयार गर्ने तालिमलाई विद्यालयले पहिलो प्राथमिकता राखेको समितिका अध्यक्ष शेर्पाको भनाई छ ।

विद्यालयले संस्थाको सहयोगमा तालिम प्रदानका लागि करिब १ लाख खर्च गरेको जनाएको छ । जसबाट सिलाउने मेसिन र कच्चा पर्दाथ (कपडा) खरिद गरेको छ । प्याड बनाउन फ्लाटिनको कपडाभित्र एउटा नरम कपडा प्रयोग गरिन्छ । त्यसले रगत सोसेर राख्ने काम गर्छ । गार्मा मा.वि. का अन्य छात्राहरुले पनि अहिले तालिम लिइरहेकाछन् । उक्त विद्यालयमा बाली विज्ञान र अपांगता भएकाहरुका विद्यार्थीहरुका लागि कक्षा सञ्चालन भईरहेका छन् ।

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved