• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

प्रदेश १ का विभिन्न स्थानीय तहलाई दमकल र प्रहरी भेन हस्तान्तरण, सोलुखुम्बुसहित ३ हिमाली जिल्लालाई अर्को चरणमा

  • आश्विन २९, २०७७
  • सोलुखुम्बु समाचार
alt

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका १, १ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि १, १ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गर्नुभयो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको १४ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैया बराबरको १४ वटै प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाएको छ ।

तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा तीन सामाग्री हस्तान्तरण गरिनेछ ।

बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।

हस्तान्तरण गरिएका दमक, प्रहरी भेन र एम्बुलेन्स सम्बन्धित स्थानीय तहका प्रमुखरअध्यक्ष संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन हुने मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिनुभयो । त्यसको सञ्चालन भने प्रहरीले गर्नेछ ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved