• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : फेरि कोरोना संक्रमित भेटिए, एकैदिन ११ जना संक्रमित

  • आश्विन ३०, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुखुम्बुमा थप ११ जनालाई कोरोना संक्रमण भएको छ । निर्माणाधिन तल्लो सोलु हाइड्रोमा कार्यरत सोलुखुम्बुका एक महिला र एक पुरुष सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

तल्लो सोलु हाइड्रोमा कार्यरत कामदारको पिसिआर परिक्षणका लागि असोज २७ मा स्वाब संकलन गरि पठाइएकोको मध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । उक्त हाइड्रोमा कार्यरत ५४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार बिश्वकर्माले जानकारी दिए ।


सोलुखुम्बुका बाहेक संक्रमित ९ जना चितवन, हेटौडा र भारतका नागरिक रहेको बताइएको छ । संक्रमितमध्ये सोलुदुधकुण्ड नगरपालिका ११ का २९ बर्षिया पुरुष र ३९ बर्षिय महिलालाई जिल्ला अस्पताल फाप्लुको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ भने ९ जनालाई होटल आइसोलेसन काठमाडौ पठाइको फोकल पर्सन बिश्वकर्माले जानकारी दिए । उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेका ३ सयजनाको शनिबार स्वाब संकलन गरिने हाईड्रो पावरले जनाएको छ ।

थप दुई जना सहित जिल्ला अस्पताल सोलुखुम्बुको कोभिड आइसोलेसनमा बस्नेको संख्या ४ पुगेको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सोलुखुम्बुमा हालसम्म ६ सय २ को पिसिआर परिक्षण भएको छ । जसमा २० जनाको रिपोर्ट पोजेटिभ आएको कार्यलयको तथ्याङ्क छ ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved