• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

दुई हिमाल चढेर राजकुमार फर्किए स्वदेश

  • कार्तिक ७, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । नेपालको दुई हिमाल चढे बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा स्वदेश फर्किएकाछन् । मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरे । राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिएका थिए ।

१ महिना ७ दिन नेपाल बसेको राजकुमारसहित १८ जनाको टोली थियो । आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’

मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गरे । उनले बहराइनसँगको हवाइ उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन् ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो ।

आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचोको सबै फोहोर सफाइ गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved