• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

खुम्बुका थप ९ जनालाई कोरोना संक्रमण, सोमबारदेखि हवाई उडान सुचारु हुने

  • कार्तिक ९, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु – सुन्दर पर्यटकीय गाउँपालिका खुम्बुपासाङल्हामु गाउँपालिकामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि नाम्चेका एक बृद्धको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीसँग नजिकको सम्पर्कमा रहेका १२३ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा ९ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

सोमबारदेखि खुम्बुमा स्वदेशी र बिदेशीहरुको आवागमनलाई अनुमति

गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि खुम्बुपासाङल्हामु गाउँपालिकाले बन्द गराएको हवाई उडान कार्तिक १० गते सोमबारदेखि खुल्ने भएको छ । यहि कात्तिक ६ गतेदेखि बन्द गरिएको हवाई आवागमन कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी गाउँपालिका स्तरीय समितिको आज आइतबार बसेको बैठकको निर्णय अनुसार सोमबारदेखि आवागमन सुचारु हुने भएको हो ।
बैठकले स्वदेशी तथा बिदेशीको आवागमनका लागि पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने यसअ अघिको निर्णयलाई भने कायम नै राखेको छ । खुम्बु प्रवेश गर्न चाहनेहरुले ७२ घण्टा भित्र पिसिआर जाँच गरी आएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । बैठकले सबै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालाहरु, ह्याम्स अस्पताल धुम्बाराही, स्टार अस्पताल सानेपा र बि एण्ड बि अस्पताल ग्वार्कोमा गरिएको पिसिआर जाँचलाई मान्यता दिनेसमेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।
पिसिआर परिक्षणको फर्जी प्रतिवेदन पेश नगर्नसमेत गाउँपालिकाले सचेत गराएको छ ।

05FBCE0E-D043-4B1D-B8FA-43523232CB98

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved