• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : जनप्रतिनिधिले भेटे स्वास्थ्यमन्त्री

  • कार्तिक १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु - सोलुखुम्बुका जनप्रतिनिधिहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् । स्वास्थ्य मन्त्री ढकालको कार्यकक्षमा संघीय सांसद हेमकुमार राई सुरवीरको नेतृत्वको सोलुखुम्बुका जनप्रतिनिधीहरुको टोलीले स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने कार्यक्रमलाई कार्यन्वयनमा लैजान आग्रह गरे ।

१५ शैयाको अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्यमन्त्रीलाई आग्रह गरिएको संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले जानकारी दिए ।

सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणको योजना रहेको छ । जसका लागि पहिलो चरणमा १४–१४ करोड रकम छुट्याइएका छ ।

स्वास्थ्यमन्त्रीसँगको भेटमा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, सोताङ गाउँपालिका अध्यक्ष वीर बहादुर राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई र महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायत सहभागी थिए ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved