• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

हैदरावादलाई हराउँदै दिल्ली आइपिएलको फाइनलमा

  • कार्तिक २४, २०७७
  • सोलुखुम्बु समाचार
alt

दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । २०१६ को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ ।

फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । विलियमसनले ४५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै अब्दुल सामदले १६ बलमा २ चौका र २छक्का मद्दतमा ३३ रन जोडे । मनिस पाण्डेले २१ कप्तान डेविड वार्नरले १७ र रासिद खानले ११ रन जोडे ।

बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।

मार्कुस स्टोइनिङलाई धवनसँग ओपनिङ गराउँदै दिल्लीले नयाँ रणनितिको प्रयोग गरेको थियो जुन सफल पनि भयो । स्टोइनिस र वनले राम्रो सुरुवात पनि दिलाए । पहिलो विकेटका लागि यी दुई खेलाडीले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । धवनले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए ।

शिमरोन हेतमायरले अविजित ४२ रन जोडे । हेतमायरले २२बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । स्टोइनिसले २७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । कप्तान श्रेयास अयेरले २१ रन जोडे ।

हैदरावादका लागि सन्दीप शर्मा रासिद खान र ज्यासन होल्डरले एक-एक विकेट लिए ।

आईपीएल २०२० को फाइनल खेल आउने मंगलबार मुम्बई र दिल्लीबीच हुनेछ ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved