• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

आईपीएल फाइनल आज मुम्बई र दिल्ली भिड्दै

  • कार्तिक २५, २०७७
  • सोलुखुम्बु समाचार
alt

इन्डियन प्रिमियर लिग (आईपीएल) टी ( २० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुने फाइनल खेलमा दिल्लीलाई मुम्बईसँग बदला लिने अवसर रहेको छ । ५ैटौं पटक फाइनल खेल्न लागेको मुम्बईले फाइनलअघिको तीन भेटमा दिल्लीलाई पराजित गरेको थियो ।
लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई पराजित गरेको हो । पहिलो पटक आईपीएल उपाधि जित्ने हो भने दिल्लीले मुम्बईविरुद्ध तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि छ ।

 

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । ब्याटिङमा सूर्य कुमार यादव, क्विन्टन डे कक र इशान किसन तथा बलिङमा जसप्रित बुमराह र ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काएनर पोलार्ड र हार्दिक पाण्ड्याको प्रदर्शन मुम्बईको लागि निर्णायक सावित हुन सक्छ ।

उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ । दोस्रो क्वालिफायरमा दिल्लीले शिखर धवनसँगै मार्कुस स्टोइनसलाई ओपनिङ गराएको थियो । स्टोइनिसले यस सिजन दिल्लीका लागि ब्याट र बल दुवैमा गज्जबको प्रदर्शन गरिरहेका छन् । बलिङमा कागिसो रबाडा र एनरिक नोर्कियाको जोडी जमेको छ । रविचन्द्र आश्विन र अक्षर पटेल जस्ता स्पीनर दिल्लीको साथमा छन् ।

धवन र स्टोइनिस बाहेक ऋषव पन्त, अजिन्का रहाने र हेयतमायरले उत्कृष्ट ब्याटिङ गरे दिल्लीका लागि उपाधि जिताउन निर्णायक हुन सक्छ ।

 

 

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved