• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

गार्माको पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई महाविद्यालयको रुपमा सञ्चालन गर्ने सरकारको तयारी

  • मंसिर २, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुमा नै पर्वतारोहन सम्बन्धी कक्षा सञ्चालन गर्ने बताएकाछन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मंगलबार निरिक्षणका क्रममा मन्त्री भट्टराईले पर्वतारोहण तथा पर्यटन अध्ययन प्रतिष्ठान सम्बन्धी विद्येयक संसदमा चाँडै पेश हुने समेत बताए ।

उनले विधेयक पास गरि प्रतिष्ठानलाई महाविद्यालयको रुपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । गार्मामा करिब ३ हजार रोपनी क्षेत्रफलमा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बारेमा व्यवस्थापन समितिसँग तत्काल छलफल गरि अन्य आवश्यकीय कार्यहरु अघि बढाउने उनले बताए ।
पूर्वाधार निर्माण भईसके पनि विद्यार्थीहरु काठमाण्डौमा अध्ययन गरिरहेको अवस्थामा उनीहरुलाई गार्मामा नै बसेर अध्ययन गर्ने वातावरण तयार गर्न पर्यटन मन्त्रीको स्थलगत निरिक्षण भ्रमणले आशा जगाएको छ ।

पर्यटन मन्त्रीको निरिक्षण भ्रमणको क्रममा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतिष्ठानको वर्तमान अवस्था र गरिनु पर्ने कार्यका बारेमा जानकारी गराएका थिए । राजभण्डारीले जग्गाधनिले पाउनु पर्ने मुआब्जासमेत पाउन नसकेको बताएपछि मन्त्री भट्टराईले समस्या चाँडै समाधान हुने आश्वासन दिए । राजभण्डारीले प्रतिष्ठानको नाममा काठमाण्डौवाट काम हुनु संघियताको मर्म विपरित भएको भन्दै प्रतिष्ठानलाई उद्देश्य अनुरुप सञ्चालन गर्न सके सोलुखुम्बुको तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धनमा सकारात्मक प्रभाब पर्ने बताए ।

मन्त्री भट्टराई समक्ष स्थानीयले लामो समयदेखि प्रतिष्ठानको भौतिक संरचना निर्माणको क्रममा मात्रै रहनु दुखद भएको गुनासो गरेकाछन् । सो क्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई, वडा नम्बर ७ का अध्यक्ष लालमान श्रेष्ठ, नेकपा सोलुदुधकुण्ड नगरपालिका इन्चार्ज रामकाजी श्रेष्ठ, नगर सचिव दावा तेन्जी लामा समेत उपस्थित थिए । 

खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माण भएको पर्यटन सुचना केन्द्रको उद्घाटन र तेन्जिङ हिलारी बिमानस्थल लगायतको अवलोकन पश्चात् मन्त्री भट्टराई मंगलबार विहान हेलिकोप्टरमार्फत् लुक्लावाट गार्मा आएका थिए ।

पर्वतीय प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान गार्मामा यतिको सालिकसमेत निर्माणको क्रममा रहेको छ ।

_MG_0010 _MG_9987 _MG_9982 _MG_9985 IMG_8318

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved