• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

फाप्लु बिमानस्थलको भूमिका महत्वपूर्ण - मन्त्री भट्टराई

  • मंसिर २, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रमा फाप्लु बिमानस्थलको भूमिका महत्वपूर्ण रहेको बताएकाछन् । मंगलबार बिहान बिमानस्थलको स्थलगत निरिक्षणका क्रममा मन्त्री भट्टराईले बिशिष्ठ महत्वको फाप्लु बिमानस्थलको स्तरोन्नतिका लागि सहयोग गर्ने आश्वासन दिए ।

निरिक्षणका क्रममा मन्त्री भट्टराईलाई नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले फाप्लु बिमानस्थलमा आवश्यक संरचना निर्माणका लागि बजेटको व्यवस्था गर्न भट्टराई समक्ष आग्रह गरे । उनले बिमानस्थलमा सुरक्षाकर्मीको बसोबास लागि समेत ध्यान दिनु पर्ने बताए ।     

नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले बिमानस्थलका समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । मन्त्री भट्टराई पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्माको निरिक्षण भ्रमण पछि फाप्लु बिमानस्थल पुगेका थिए । उनी आजै काठमाण्डौ फर्किएकाछन् ।

_MG_0058 IMG_8321 IMG_8327 IMG_8324 IMG_8373 IMG_8337 IMG_8340 IMG_8369 IMG_8343 IMG_8345 IMG_8349

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved