• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

तथ्यांक विभागमा जागीर

  • मंसिर ५, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ । स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

 

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ ।

१२ जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved